बिहिबार सुदूरपश्चिममा थप ८४९ जनामा कोरोना पुस्टि, ३३५ जना निको भए, १० जना संक्रमितको मृत्यु

धनगढी, ६ जेठ- बिहिबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १७७६ नमूना पीसीआर तथा ५ वटा सीमानाकामा ३२५ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २१०१ नमूना परीक्षण गर्दा ८४९ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ७९३ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनामा संक्रमण पुस्टि भएको छ ।

Navadurga sun

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७७६ जनाको नमूना परिक्षण गर्दा थप ७९३ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ४६४ जना, महाकाली अस्पतालमा ९४ नमूना परीक्षण गर्दा ६१ जना, डडेल्धुरा अस्पतालमा २११ नमूना परीक्षण गर्दा ७३ जना, डोटी अस्पतालमा ६७ नमूना परीक्षण गर्दा ३० जना, बैतडी अस्पतालमा १७६ नमूना परीक्षण गर्दा ४८ जना, बझाङ्ग अस्पतालमा २८६ नमूना परीक्षण गर्दा ४२ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५ हजार ८ नमूना परीक्षण गर्दा ३३ हजार ५१७ जनामा संक्रमण फेला परेको छ ।

प्रदेशभर संक्रमण पुस्टि भएका १७ हजार ५ सय १६ जनाले कोरोना जितेका छन् भने, ४०७ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ३३५ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कैलालीका ५ जना, कञ्चनपुरका ३, बैतडी र डोटीका १/१ जना गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...