स्याउको बिरूवामै भ्रष्टाचार !

काठमाडौं- हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ। स्थानीय सरकारले हिउँदे फलफूलका बिरूवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ।

Dadeldhura hospital

सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरूवा नल्याइ झूटो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

बिरूवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ।आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरूद्ध एक लाख ६१ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरूद्ध दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ।

Loading...