धनगढी– कैलाली निर्वाचन क्षेत्र नंम्बर ५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । कैलाली ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।






आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । जम्मा ६५ हजार ६१३ मत मध्ये विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार ३१८ मत पाए।





त्यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार १९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ६ हजार ६१९ मत प्राप्त गरे।




