कैलाली क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना सुरु

अत्तरिया- कैलाली क्षेत्र नं. ४ को मतगणनाको क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै स्थगित भएको मतगणना पुनः सुरु भएको छ ।

एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका थिए । निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले उम्मेदवारहरु सहित पार्टीका प्रतिनिधिहरु बिच छलफल पश्चात पुनः मतगणना सुरु गरिएको बताए ।

ADD Khali jpg
Loading...