कैलाली ३ का दुवै प्रदेशमा नागरिकका उम्मेदवार विजयी

धनगढी– कैलाली क्षेत्र नं. ३ अन्र्तगत प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश (क) मा घनश्याम चौधरी र प्रदेश (ख) मा खुशीराम चौधरी विजयी भएका छन् ।

प्रदेश (क) मा विजयी घनश्याम चौधरीले प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज डगौरा थारुलाई २ हजार ३५१ मतान्तरले पराजित गरेका छन् । चौधरीले १३ हजार ९२३ मत र थारुले ११ हजार ५७२ मत प्राप्त गरेका छन् ।

Navadurga sun

प्रदेश (ख) मा खुशीराम चौधरीले नेकपा एकीकृत समाजवादीका अमर साउँदलाई ९२० मतको अन्तरले हराएका छन् । चौधरीले ७ हजार ५३९ र साउँदले ६ हजार ६१९ मत पाएका छन् । साउँद सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री हुन् ।

ADD Khali jpg
Loading...