भोलि बिहान ८ बजे देखि धनगढीमा मतगणना शुरु हुने

धनगढी– कैलाली क्षेत्र नम्बरको मत गणना शुरु गर्न बसेको सर्बपक्षीय बैठकमा मुख्य निर्बाचन अधिकृत ओम प्रसाद अर्याल बेहोस भएपछि अनिश्चित भएको मत गणना भोलि बिहान ८ बजे शुरु गर्ने सहमती भएको छ । आज बिहान बसेको बैठकले एक बजे देखि मत गणना शुरु गर्ने निणर्य गरेको थियो । सो लगत्तै मुख्य निर्बाचन अधिकृत अर्याल बेहोस भएका थिए ।

मुख्य निर्बाचन अधिकृत अर्याल बेहोस भएपछि अनिश्चित भएको मत गणना शुरु गर्ने सम्बन्धमा भएको सर्वपक्षीय छलफलपछि भोलि बिहान ८ बजे मत गणना शुरु गर्ने सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । कर्मचारीको अभाव र मुख्य निर्बाचन अधिकृत बिरामी भएका कारण राति मत गणना गर्न कठिनाई भएकोले भोलि बिहान ८ बजे मत गणना शुरु गर्न सबै पक्ष सहमत भएका हुन् ।

Navadurga sun

त्यस्तै वडागत रुपमा मत गणना गर्ने नगर्ने विषयमा मतहरु बाझिएपछि सो सम्बन्धमा निर्बाचन आयोगमा जानकारी गराउदा आयोगले वडागत रुपमा मत गणना गर्न सकिने व्यहोरा सहितको परिपत्र पठाएको प्रजिअ थापाले बताए ।

ADD Khali jpg
Loading...