

धनगढी- कैलालीको घोडाघोडीमा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ गणेश पुरमा आगलागी भएकोजिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् ।




बालकृष्ण भण्डारीको २ तले कच्ची गोठमा आगो लागेको हो । मानविय क्षती नभएपनी गोठ पुर्ण रुपमा जलेको छ र भने गोठ रहेको लत्ताकपडा पराल लगायत जलेर नष्ट हुँदा २ लाख बढीको क्षती भएको कैलाली प्रहरीले जनाएको छ ।




