अत्तरियामा आजदेखी निःशुल्क आकस्मिक अटो एम्बुलेन्स सेवा सुरु

अत्तरिया, ५ जेठ- कैलालीको अत्तरियामा आकस्मिक अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ । कोरोना भाईरसवाट संक्रमित र उनको आफन्तहरुलाई एम्बुलेन्स अभावका कारण भौतारिनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीले आजवाट अटोवाटै एम्बुलेन्स सेवा सुरु गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तिब्र गतिमा बढ्दै जादाँ बिरामीलाई बोक्नका लागि समयमै एम्बुलेन्स नपाउदाँ अकालमै ज्यान गुमाउनुपर्ने अबस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिका क्षेत्र भित्रका बिरामीका लागि मध्यनजर गर्दै अटो एम्बुलेन्स सेवा सुभारम्भ गरिएको जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीका अध्यक्ष जगत महराले जानकारी दिए ।

“अहिले कोरोनाको महामारी निकै बढिरहेको छ यस्ता अबस्थामा जो सुकै बिरामीलाई पनि समयमै अस्पताल सम्म पुञ्याउन नसकिदा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अबस्था देखेपनि हामीले यो काम सुरु गरेका हौ उनले भने- “अब कसैले ज्यान गुमाउनुपर्दैन हामी जति बेला पनि सेवा दिन तयार छौ ।”

उनले अहिले अत्तरिया स्थित धनगढी रोडमा सेवाका लागि २ वटा अटो एम्बुलेन्स तयारी अवस्थामा राखेको बताए । यसमा सेवा लिए बाफत कुनै पनि शुल्क नलाग्ने हुदाँ समस्यामा परेकाहरुले सम्पर्क राख्न उनले सबै नगरबासीमा आग्रह गरेका छन् । सो अभियानमा हरिप्रिया फाउन्डेसन, नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखा र केएफ फाउण्डेशनको पनि सहकार्य रहेको छ । आकस्मिक अटो एम्बुलेन्स सेवाका निम्न फोन नम्बरहरुमा फोन गर्न सकिने छ ।

9865765357, 9865630355, 9848616161, 9863402698, 9867054206, 9865664476 , 9742380101/ 9811619464, 9865909192, 9869911014 , 9868880809 , 9848590005

Loading...