अत्तरिया- नेकपा एमाले चुरे गाउँपालिका वडा न.०६ वडा कमिटीले घरदैलो कार्यक्रमको संचालन गरेको छ । घरदैलो कार्यक्रम अन्तरगत वडा कमिटी अध्यक्ष क.रेशम थापाको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका सुप प्रदेश कमिटी सचिवालय सदस्य एबम निर्वाचन मुल परिचालन समितिका सचिब क.किसन सि.साउद (विशाल) रहनु भएको थियो ।






त्यस्तै बिशिस्ट अतिथीमा क्रमश पार्टीका प्रदेश कमिटी सदस्य क.दान ब.महरा, नि.बर्तमान जिल्ला कमिटी सदस्य क.सुरत बिस्ट, गाउँ कमिटी उपाध्यक्ष क.दिपा साउद, गाउँ कमिटी सचिवालय सदस्य क.सरस्वती साउद, अनेरास्ववियु सुप बिश्वबिद्यालय कमिटी सदस्य एबम विद्यार्थी परिचालन उपसमितिका सचीव गणेश नाथ योगी लगायत पार्टी नेता कार्यकर्ताको बाक्लो उपस्तिथि भएको थियो ।

कार्यक्रमको सन्चालन अनेरास्ववियुका सुप सदस्य क.लक्ष्मण साउदले गरेका थिए । उक्त घरदैलो कार्यक्रम चुरे गापा ०६ गजारमा संचालन गरिएको थियो ।





