अत्तरीया– कैलालीको गोदावरी नगरपालिकाले ५ दिनका लागी सेवा प्रबाह स्थगित गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वानका लागी मंसिर १ गते देखि ५ गते सम्म नगरपालिका कार्यालय र मातहतका कार्यालयबाट दिइने सेवा प्रभावित हुने सुचना माार्फत जनाएको छ ।
नगरपालिकाल मंगलबार एक सूचना जारी गर्दैे अधिकाशं कर्मचारीहरु निर्वाचनमा खटिएर जानुपर्ने भएकाले दैनिक रुपमा सम्पादन गरिने सेवा प्रभावित हुन सक्ने जनाएको हो ।

यस कार्यालय तथा मातहतका कार्यालयहरुबाट दैनिक रुपमा सम्पादन गरिने सेवाहरु प्रभावित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

