अत्तरिया– विद्यार्थी परिचालन उपसमिति कैलाली निर्बाचन क्षेत्र न.४ ले आयोजना कार्यक्रममा विद्यार्थी परिचालन उपसमिति कैलाली निर्बाचन क्षेत्र न.४ का संयोजक क.लक्ष्मण ओझाको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्य क.डिल्लीराज भट्ट, नेकपा एमालेका सुप प्रदेश सचिवालय सदस्य क.मदन राज शर्मा, नेकपा एमालेका कैलाली जिल्ला कमिटी सदस्य क.कृष्ण राज जोशी, अतिथीमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य एबम सुप प्रदेश स-इन्चार्ज क. भीष्म सुवेदी, अतिथिमा अनेरास्ववियुका सचिवालय सदस्य एबम सुप बिश्वबिद्यालय राष्ट्रिय परिषद् इन्चार्ज क.मान ब.महरा रहेका थिए ।
त्यसैगरी अतिथिमा केन्द्रिय सदस्य क.यज्ञ राज कापडी, विद्यार्थी परिचालन उपसमिति कैलाली निर्बाचन क्षेत्र न.४ का उप-संयोजक क.पुष्प सुवेदी, अनेरास्ववियु सुप प्रदेश कमिटी सदस्य एबम विद्यार्थी परिचालन उपसमिति कैलाली निर्बाचन क्षेत्र न.४ (ख)का संयोजक क.लक्ष्मण साउद, मिडिया परिचालन उपसमितिका सचीव नरेश नाथ योगी, युवा संघका जिल्ला स-इन्चार्ज क.गणेश महरा, विभिन्न पालिकाका कमिटीका सदस्यहरु लगायत सयौं विद्यार्थीहरु उपस्थित रहेको थियो ।

कार्यक्रमको सन्चालन विद्यार्थी परिचालन उपसमिति कैलाली निर्बाचन क्षेत्र न.४ सचीव गणेश नाथ योगीले गरेका थिए भने यस भन्दा अगाडि राजिनामा दिएर निश्कृय बनेका योगी पार्टी संगठनका नेतृत्वले राजीना अस्वीकार गरेपछि योगी फेरि सक्रिय रुपमा कार्यक्रममा लगेका हुन । योगी अनेरास्ववियुका सफल संगठन कर्ता हुन । उक्त कार्यक्रम नेकपा एमालेको पार्टी कार्यालय बनखेतमा संचालन गरिएको थियो ।
