अत्तरिया- माई भोट माई फ्युचर नेपालको आयोजनामा चुनावी खेलहरु (election game) संचालन गरिएको छ । ‘चुनावमा युवा (Youth In Election)’ नाराका साथ माई भोट माई फ्युचर नेपालको आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको हो ।












प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको बारेमा युवा तथा विद्यार्थीहरुलाइ जानकारी दिने उद्देश्यका साथ मेरो मत मेरो भविष्य नामक निर्वाचन हाजिरिजवाफ प्रतियोगिता, अनलाइन क्विज प्रतियोगिता (Online quiz competition) र सर्प सिडिको खेल मार्फत प्रदेश न ६ सुर्खेतका विभिन्न विद्यालयहरुमा, प्रदेश न. ५ बाके नेपालगञ्जका विभिन्न विद्यालयहरु र प्रदेश न ७ कैलाली र कञ्चनपुरका विभिन्न विद्यालयहरुमा गरि सम्पन्न गरिएको छ ।

निर्वाचन र निर्वाचन सम्बन्धी प्रश्न रहेका कार्यक्रमहरुमा युवाहरुलाई निर्वाचन सम्बन्धी जानकारी गराउन र आउँदो निर्वाचन मंसिर ४ गते बारे जानकारी, कति मतपत्रमा मतदान गर्न पर्छ, कसरि मतपत्र बदर हुनबाट जोगाउन सकिन्छ र उक्त समयमा कस्ता यातायातका साधनहरू चल्न पाउछन लगायत निर्वाचन सम्बन्धी कानूनी संरचना बारे जानकारी गराई आगामि निर्वाचनमा आफ्नो मतको महत्व बुझाउने जस्ता कार्यक्रम गरिएको अभियान कर्ता जय धामीले जनाए ।





