एमाले सिद्याउँछु भन्नेहरु आफै सिद्धिँदै जान्छन : ओली

अत्तरिया– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल समाप्त हुने बताएका छन् ।

कैलालीको अत्तरियामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सिद्याउँछु भन्नेहरु आफै सिद्धिँदै गएको बताए । ओलीले एमालेसंगको गठबन्धनमा तेश्रो दल बनेको माओवादी अब पाएको आधा सिटपनि नजित्ने दावी गरेका छन् ।

Navadurga sun

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक साता अघी सुदूरपश्चिमको दार्चुलाबाट चुनावी सभा शुरु गरेका थिए । एकै दिन दार्चुला, बैतडी र कञ्चनपुरको सभालाई सम्बोधन गरेर फर्केका ओली फेरी शनिबार सुदूरपश्चिमका ३ सभालाई सम्बोधन गरेका छन् ।

डोटी, कैलालीको अत्तरिया र लम्कीमा ओलीले चुनावीसभालाई सम्बोधन गरेका हुन् । अत्तरियाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले सिद्याउँछु भनेर लागेका माधव नेपालको पार्टी आगामी निर्वाचनमा सिद्धिने बताएका हुन् । माधव नेपाल संगै प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै जाने ओलीले बताए । अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन् ।

माधव नेपाल र प्रचण्डको खरो आलोचना गरेका ओलीले यि दुइटै पार्टी चुनावपछि सक्किने दावी गरे । काग्रेंस एमालेसंग डराएर प्रचण्ड, माधव सहितको गठबन्धन गरेर एमालेसंग जुध्न आएको उनले बताए । एमाले नेतृत्वका बेला देशमा थुप्रै बिकास भएर जनताका मन मनमा एमाले बस्न सफल भएकै कारण काम नगर्ने दलहरु चुनावबाट डराएको ओलीले बताए । एमालेकै नेतृत्वमा गेटा मेडिकल कलेज निर्माण शुरु, हुलाकी सडक, सघन सहरी सडक, बाटोघाटो, पुल लगायतका बिकासका काम शुरु भएको उनको दावी छ ।

यसपछि एमालेकै सरकार बन्ने र यहाँका सबै सपना साकार गर्ने उनले बताए । मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने ओलीले दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले आफु सरकारमा भएकै बेला सुदूरपश्चिमका सम्भावना भएका क्षेत्रको पहिचान गरी काम अगाडी बढेको बताए ।

औधोगिक क्षेत्रको स्थापना गरी रोजगारी श्रृजना गर्न र आर्थिक बिकासमा अगाडी बढाउन आफुले थुप्रै योजनाको सञ्चालन गरेको उनले बताए । ति योजना सञ्चालन गरी सुदूरपश्चिममा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन एमालेले जित्न आवश्यक रहेको भट्टले बताए ।

कार्यक्रमलाई सम्बोधजन गर्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा कैलाली ईन्चार्ज नारदमुनी रानाले आगामी निर्वाचनमा बाहिरबाट आएका टुरिस्ट उमेदवारहरुलाई माला खादा लगाएर भब्य स्वागत गर्न आग्रह गरेका छन् । रानाले उहाँहरुको भब्य स्वागत गरेर पठाउन आग्रह गर्दै मत दिने बेला सुर्यमै मत हाल्न आग्रह गरेका हुन् ।

कैलाली क्षेत्र नम्बर ४ मा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको उपस्थितीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रानाले कैलाली ४ संगै अन्य बिभिन्न ठाउँमा टुरिस्ट बनेर उमेदवार मत मागि रहेको बताए । यस क्षेत्रमा उमेदवारनै छैनन् भने जस्तै बाहिरबाट आएर यहाँको बिकास गर्छौँ भनेर गफ दिने धेरै उमेदवार देखिएका छन् रानाले भने ‘डोटीमा टिकट नपाएर काग्रेंस सुदूरपश्चिमका सभापति बिर बहादूर बलायर कैलाली ४ मा झरेका छन्, सुनेको छु, राजधानी यतै बनाउँछु रे यहाँको बिकासमा कायापलट गर्छु रे हामीले देखेका छैनौ टुरिस्टले आफ्नो क्षेत्रको बिकास गर्छन की अर्काको ।’

यहाँ मात्रै होइन कैलाली ५ को ख प्रदेशसभामा पनि गठबन्धनले टुरिस्ट उमेदवारनै ल्याएको छ उनले भने ‘यि टुरिस्ट उमेदवारहरुलाई गाउँ घरमा भब्य स्वागत गर्नुपर्छ र उहाँलाई पराजित गरेर आफ्नै क्षेत्र पठाउनुपर्छ ।’ बिकास गर्ने स्थानिय नेताले मात्रै हो उनले भने ‘धनगढीबाट शेर बहादूर देउवाले समेत जितेका थिए किन बिकास गरेनन् त आँखिर बिकासका लागी हामी जस्तो स्थानिय नेता नै जित्नुपर्ने रहेछ, त्यस कारण बिकासका लागी स्थानिय नेताको बिकल्प नसोच्नुहोला ।’ ओली सुदूरपश्चिमका ३ चुनावी सभालाई सम्बोधन गरी कणर्ालीको सुर्खेत जाँदैछन । गठबन्धन संग जुध्नका लागी ओली अहिले देश दौडाहामा छन् ।

ADD Khali jpg
Loading...