मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम हुने : प्रचण्ड

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम रहेको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर अग्रगमन चाहने ५ दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।

उनले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । फरक सन्दर्भमा बोल्दै उनले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने र राजतन्त्र पुनःस्थापना गर्ने रहेको बताए । त्यस्तै, अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताए ।

Navadurga sun

‘देशमा अर्को पनि गठबन्धन छ । उसको अलगै विचार छ । संस्कृति छ । तपाईहरु अनुहार चिन्नुभएको नै छ । त्यसले कहीँ न कहीँ चाहेको छ, गणतन्त्रलाई उल्ट्याउने ।’ उनले भने, ‘संघीयतालाई कमजोर पार्ने त्यसप्रकारको गठबन्धन छ र त्यससँग हाम्रो बहस भइराख्या छ ।’ संविधान र गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने विचार व्यक्त गरे ।

जितेलगत्तै आफूहरुको ध्यान आर्थिक क्रान्ति, रोजगारी सिर्जना, आर्थिक समृद्धि, राजनीतिक परिवर्तनलाई दीगो बनाउनमा केन्द्रीत हुने समेत उनले बताए ।

ADD Khali jpg
Loading...