धनगढी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व हुने दाबी गरेका छन् । सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका हुन् ।






उनले भने,‘सुदूरपश्चिमबाट एक क्षेत्रमात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु । भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ । गठबन्धनलाई जिताउन अनुरोध गर्दैछु । देश महत्वपूणर् मोडमा छ ।’ सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न अपिल गरेका छन् ।





‘संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ । संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ । टिकट बाँड्दा अन्याय भएको होला’, उनले भने, ‘गठबन्धन हुँदा सबै ठाउँमा कांग्रेसले पाउँदैन नि ! भोलि गठबन्धनको सरकार बन्यो भने नियुक्ति हुन्छ । त्यसको लागि सुपले धेरै भाग पाउनसक्छ । त्यसैले सम्पूणर्लाई जिताउन लाग्नुहोला भनेका छन् ।




