जडीबुटी खन्ने क्रममा दुईको मृत्यु

हुम्ला- वनमा जडीबुटी खन्नेक्रममा दुुई जनाको मृत्युु भएको छ । सिमकोट गाउँपालिका –१ को चुँवा खोला क्षेत्रमा जडीबुटी सङ्कलन गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जडीबुटी सङ्कलन गर्ने क्रममा दुुई जनाको मृत्युु भएको बताए। मृत्युु हुनेमध्ये फुन्जोक लामाको वनमा लडेर मृत्युु भएको हो । अर्का सिमकोट गाउँपालिका –८ का खोल्सी गाउँका सख्खर शाही चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको बताए।

Dadeldhura hospital

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले दुुबै जनाको मृत्युु वर्षाका कारण भएको बताए।  जडीबुटी खनिरहेको जमिन पानीले गलेर माथिबाट ढुुङ्गा खस्दा लामालाई लागेर उनको मृत्युु भएको हो । वर्षासँगै चिसो बढेको कारण शाहीको कठ्याङ्ग्रिएर मृत्युु भएको उनले बताए।

Navadurga sun
Godawari sandesh

मृतक दुवैको प्रहरीले घटनास्थलमै मुचुल्का तयार गरेको जनाएको छ । मृतकको लाश बोकेर घरसम्म ल्याउने कार्य स्थानीयले गरेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा जडीबुटी सङ्कलन गर्ने सङ्कलकलाई गाउँपालिकाले चिसो बढेपछि पाल सहयोग गर्ने जनाएको छ । हाल सो वनमा एक हजारभन्दा बढी मानिस जडीबुटी सङ्कलन गरिरहेको स्थानीयको भनाइ छ ।

Loading...