गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कञ्चनपुर- बेलौरी नगरपालिका ५ मैनाहमा मंगलवार साँझ गोरुगाडामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सुपप्र ०१ –००१ प २४३२ नम्बरको मोटरसाइकल गोरु गाडामा ठोक्किँदा लालझाडी गाउँपालिका ३ बल्मीका ३० वर्षीय रमेश रानाको मृत्यु भएको छ।

मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय रोशन राना घाइते भएका छन्। घाइते रानार्को उपचार भइरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...