महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहरा, ५३ केजी तौल समूहमा मनिषा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्तीमा महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहको खेलमा भाग लिएका थिए । नवलपरासी पूर्वको कावासोती नगरपलिका–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो ।

Couple
Loading...