अत्तरिया- कैलालीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदावरी दर्ता गरेका जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।






उनले प्रदेश सभा सदस्य प्रकाश बमलाई सहयोग गर्ने बताएका छन् । यस्तै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका खगेन्द्र चौधरी, राजेन्द्र जोशी र टेकबहादुर देउवाले पनि उम्मेवारी फिर्ता लिएको नेपाली काँग्रेस गोदावरी नगर कमिटी सचिव अशोकराज देवकोटाले जानकारी गराए । फिर्ता लिएका सबै उम्मेदवारले गठबन्धनलाई सहयोग गर्ने बताएका छन् ।





तर सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मै नेपाली काँग्रेसको बागि उम्मेदवार बनेकी भगवती पाठकले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छैनिन् ।




