गोदावरी आर्यघाटमा तेस्रो दिन पनि बृहत रुपमा सरसफाई

प्रत्येक हप्तामा अनुगमनसँगै सरसफाई गरीने : समितिका अध्यक्ष जोशी

अत्तरिया, ४ जेठ- कैलालीको गोदावरीमा रहेको गोदावरी आर्यघाटको बृहत रुपमा सरसफाई गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा आर्यघाट व्यवस्थापन समितिले आज तेस्रो दिन पनि आर्यघाटको सरसफाई गरेको हो । कोरोना संक्रमणका कारण निधन भएकाहरुको शव व्यवस्थापन गर्ने कार्य सुरु भएदेखी गोदावरी आर्यघाट दुर्गन्धित बनेको थियो ।

Navadurga sun
Godawari sandesh

दुर्गन्धित बनेको आर्यघाटमा लगातार तिन दिन सम्म सरसफाई गरिएको समितिका सदस्य विक्रम विष्टले बताए । बिष्टले संक्रमितहरुको शव व्यवस्थापनको लागी पनि निश्चित स्थान छुट्याईएको उनले बताए ।

Dadeldhura hospital

यसैबिचमा संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टका प्रमुख स्वकिय सचिव हितेश ओझाले आर्यघाटको सरसफाई गर्ने टिमलाई आफ्नो तर्फबाट पिपिई सेट, ग्लोब्स, मास्क, सेनिटाईजर तथा फेस मास्क सहयोग गरेका हुन । उनले यस क्षेत्रमा रहेका बिभिन्न सघंसंस्थाहरुलाई पनि सहयोग गदै आएका छन ।

ओझाले आजै गोदावरी आर्यघाटको अनुगमन पनि गरेका थिए । उनले आर्यघाटमा पानीको अभाव भएकाले त्यसको व्यवस्थापनका लागी आवश्यक पर्ने बजेट विनियोजित गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यस गोदावरी आर्यघाटको व्यवस्थापनका लागी बजेट समेत विनियोजित भएको समितिका अध्यक्ष कैलाश पर्वत जोशीले बताए । कोरोनाको महामारी समाप्त हुने वित्तिकै कार्य थालिने समेत उनले बताए । जोशीले आर्यघाटको सरसफाईका लागी सहयोग गर्ने सम्पुणर्लाई धन्यवाद ज्ञापन गदै प्रत्येक हप्तामा अनुगमनसँगै सरसफाई गरीने बताए ।

Loading...