मष्टाधाम व्यवस्थापन समितिद्वारा ईलाका प्रहरी कार्यालय मालाखेतीलाई स्वास्थ्य सामग्री सहयोग


अत्तरिया, ३ जेठ- कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीलाई मष्टाधाम व्यवस्थापन समितिले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।






मष्टाधाम व्यवस्थापन समितिले कोरोनाको महामारीका समयमा पनि अग्रपंतिमा खटिएका प्रहरीहरुका लागि फेससिल्ड, माक्स, सेनिटाइजर लगायतका स्वास्थ सामाग्रीहरु सहयोग गरिएको हो । समितिले स्थापना गरेको मानव कल्याणकारी कोष मार्फत ईलाका प्रहरी कार्यालय मालाखेतीलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको समितिका अध्यक्ष गणेश जिमि साउँदले जानकारी दिए ।

अध्यक्ष साउँदले ६० जना सुरक्षाकर्मीलाई पुग्ने गरी स्वास्थ्य सामग्रीहरु सहयोग गरेको बताए । सहयोग गरिएको स्वास्थ्य सामग्री समितिका अध्यक्ष साउँद र कोषाध्यक्ष भरत जिमि साउँदले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय मालाखेतीका ईन्स्पेक्टर उमेश चन्दलाई हस्तान्तरण गरेका थिए ।



