कांग्रेसमा देउवासहित दस उम्मेदवारको लाग्यो टुंगो, नेताहरू अन्योलमा

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि दस सिटको बाँडफाँट टुंग्याएको छ। शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित दस सिटको उम्मेदवार टुंग्याएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

देउवा डडेलधुराबाट चुनाव लड्नेछन्। त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ रहेका छन्।

Navadurga sun
Godawari sandesh

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख)मा लतित जंग शाही, तेह्रथुम (क)मा सन्तोष सुब्बा र ताप्लेजुङ (ख)मा खगेन सिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ।

बाँकी क्षेत्रमा शनिबारको बैठकले टुंगो लगाउने बताइएको छ। आसन्त प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि भोलि (आइतबार) मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

Couple
Loading...