

धनगढी- नेपाल फोटो पत्रकार महासंघ कैलालीले दशैँ तिहार छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। शुभकामना आदानप्रदान संगै नव निर्वाचित जिल्लाको टिमलाई प्रमाणपत्र समेत प्रदान गरिएको हो ।


महासंघ कैलाली साखा अध्यक्ष दिनेश बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह प्रमुख अतिथी रहेका थिए ।



कार्यक्रममा प्रमुख अतिथी रहेका शाहले नव निर्वाचित जिल्लाको टिमलाई प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव हरी जोशी, कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी, पुर्व केन्द्रिय सदस्य दिल बहादूर छत्याल रहेका थिए ।
अतिथीहरुमा फोटो पत्रकार महासंघका केन्द्रिय सचिव बिवेक नागरी, केन्द्रिय सदस्य बिरेन्द्र शाह, सुदूरपश्चिम अध्यक्ष धिरज कुँवर, महासचिव शंकर बोहरा, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस सेन्टर कैलाली अध्यक्ष तेजराज भट्ट, प्रेस चौतारी कैलालीका सचिव जनक बिष्ट, पर्यटन पत्रकार सघं कैलाली सचिव शेर बहादूर ऐर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिवमा निर्वाचित बिवेक नागरी र केन्द्रिय सदस्यमा निर्वाचित बिरेन्द्र शाहलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष लोकु सिहं ठकुरीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन महासंघ कैलाली सचिव राजकुमार साउँदले गरेको थिए ।