अछाम १ माओवादीको भागमा परेको चर्चाले श्रममन्त्री तनावमा, कलम लिएर जनताबीच आउने घोषणा

कैलाली- सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये १५ निर्वाचन क्षेत्रमा करिब सहमति भइसकेको छ । तर, अहिले सम्म अछाम १ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी कायमै राखेका छन् । भागबन्डामा अछाम १ माओवादीलाई दिने तयारी बुझेपछि नेकपा एसका नेताहरु असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

माओवादी उच्च स्रोतका अनुसार अछाम १ माओवादीको भागमा पर्ने सम्भावना छ । तर, नेकपा एकीकृत समाजवादीका नेताहरू भने उक्त क्षेत्र कुनै पनि अवस्था छोड्न नसकिने बताउँछन् । यसैबिच अछाम १ बाट गठबन्धनको उम्मेदवार बन्ने भनिएका हालका श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले आफू निर्वाचनमा होमिने घोषणा गरेका छन् ।

Navadurga sun

बन्द कोठा भित्र गरिएका षडयन्त्रको कुनै अर्थ नरहेको टिप्पणी गर्दै आफ्नो पार्टीको निर्वाचन चिन्ह लिएर निर्वाचनमा होमिने उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘कसैमा भ्रम नरहोस् १ निर्वाचनको हामी पूर्व सन्ध्यामा छौ’ उनले लेखेका छन्, ‘यसपालिको निर्वाचनमा कलम चिन्ह लिएर जनताको बिचमा आउने छु बन्द कोठा भित्र गरिएका षडयन्त्रको कुनै अर्थ छैन ।’

उनले अहिले सम्म उक्त क्षेत्रमा आफ्नो पार्टीको दाबी रहेको जनाए । ‘अहिले सम्म त्यहाँको विषयमा केही नयाँ कुरा आएको छैन । हाम्रो त्यहाँ दाबी छ’, उनले  भने ‘त्यहाँ जित्ने हामी नै हो ।’ उनले मित्रवत् प्रतिस्पर्धा हुन सक्ने समेत सङ्केत गरेका छन् ।

उनले भने, ‘पहिले त्यहाँ माओवादीको दाबी थियो । अहिले आएर चर्चा सुनिन थालेको छ । मित्रवत् प्रतिस्पर्धा हुन पनि सक्छ यो अवस्थामा म तयार अवस्थामा छु ।’ सुदूरपश्चिम प्रदेशका १६ मध्ये अहिले सम्म बझाङ र डोटी नेकपा एकीकृत समाजवादीको भागमा परे पनि अछाम १ मा भने माओवादी र नेकपा एकीकृत समाजवादी दुवै दलले दाबी गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...