कैलालीको अत्तरियामा ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ सुरु

अत्तरिया- कैलालीको अत्तरियामा ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ सुरु भएको छ । कोभिड-१९ को महामारीले अत्तरियामै रहेको मालाखेती अस्पतालमा सृजित अक्सिजन अभावलाई कम गर्न युवाहरुले उक्त अभियान सुरु गरेका हुन । अभियानले मालाखेती अस्पताललाई १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिएको अभियानका अभियान्ता प्रमोद अधिकारीले जानकारी दिए ।

‘अहिले सम्पुणर् नगर क्षेत्रमा कोभिड चेकजाँच गर्न एन्टिजेन टेष्ट किटको अभाव हुनुका साथै नगरपालिकाको मुख्य अस्पताल मालाखेतीमा बेडहरु उपलब्ध भएपनि अक्सिजनको अभाव देखिएको छ’ उनले भने ‘यहाँको अक्सिजनको समस्यालाई कम गर्न तत्काल अत्तरियाका १२ जना युवाहहरु मिलेर यो अभियान सुरु गरेका छौ ।’ उनले अक्सिजन अभावकै कारण यहाँका कोरोना संक्रमितहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको बताए ।

Navadurga sun

‘देशभरी नै अक्सिजनको हाहाकार छ, संक्रमितहरुलाई अक्सिजन उपलब्ध गराउन गरिएका प्रयासहरु पनि असफल हुन थालेका छन’ उनले भने ‘यस्तो अवस्थामा कोभिडका गम्भीर प्रकृतिका बिरामीको जिवनरक्षाका लागी अहिलेको उचित उपाय एक मिनेटमा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्ट्रेटर नै हो ।’

नगरक्षेत्रका कोरोना संक्रमितहरुको सहज उपचारका लागी अभियान सञ्चालन गरी आफुहरुले त्यस्तै खाले १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिएको उनले बताए । उक्त मेसिनको मुल्य आजको दिनसम्म प्रतिथान १ लाख ३० हजार रहेको र १० थान मेसिनको मुल्य १३ लाख हुन आउने उनले बताए । उनले यत्रो रकम कुनै एक व्यक्तिबाट सम्भव नहुने हुदाँ सबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिन समेत आग्रह गरेका छन ।

‘हाम्रो गोदावरी हाम्रो अभियान’मा तपाई पनि सहभागि हुन चाहानुहुन्छ भने  निम्न माध्यमबाट सहयोग गरी सहभागि हुन सक्नु हुनेछ ।
प्रमोद अधिकारी बैङ्क अफ काठमाण्डौ अत्तरिया खाता न. २४२२०००००००८५२४ साथै
ईसेवा मार्फत पैसा पठाउन चाहानुहुनेका लागि ९८६८४१२४४९
आईएमई पे बाट पठाउनेहरुका लागि ९८११६९११९६

ADD Khali jpg
ADD Khali jpg
Loading...