कैलालीको टीकापुरमा स्वाब परीक्षणको रिपोर्ट आउन एक सातासम्म लाग्ने

टीकापुर, २ जेठ– कैलालीको टीकापुरमा स्वाब परीक्षणको रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ । कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहबाट कोरोना पहिचानका लागि पठाएको स्वाब परीक्षण रिपोर्ट साता दिनसम्म लाग्ने गरेको हो । परीक्षण ढिलाइले संक्रमितको पहिचान हुन नसक्दा संक्रमण द्रुत भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Dadeldhura hospital

‘समयमा परीक्षण नहुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै छ,’ भजनी नगरपालिकाको कोरोना फोकल पर्सन कैशाश चौधरीले भने, ‘अस्पतालमा उपचारका लागि आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण गरिरहेका छौं ।’ कोरोना परीक्षणका लागि एन्टिजेन किटको पनि अभाव रहेको र पीसीआरका लागि धनगढी पठाउनुपर्ने भएकाले कोरोना परीक्षण हुन नसकिरहेको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘पीसीआरका लागि स्वाब धनगढी पठाउँदा रिपोर्ट आउन छिटोमा ५ दिन नभए ७ दिनसम्म लाग्ने गरेको छ,’ उनले भने, ‘कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारको भने कोरोना परीक्षण गरेका छौं ।’ अस्पतालमा उपचारका लागि आएका कोरोनाको संक्रमणको शंकास्पद बिरामीको एन्टिजेन किटमार्फत परीक्षण गर्ने र पोजिटिभ आए आइसोलेसनमा राखेर उपचार गरिरहेको चौधरीले बताए ।

भजनी, टीकापुरलगायतका पालिकामा साताको दुइ दिन स्वाब संकलन हुने गरेको छ । परीक्षणका लागि स्वाब धनगढी पठाउनुपर्ने र त्यहाँ ल्याबमा परीक्षणको चाप हुने भएकोले रिपोर्ट आउन ढिलाइ हुने गरेको छ । कोरोना परीक्षणको रिपोर्ट आउन ढिला हुँदा उपचारमा समेत समस्या भएको उपचारमा संलग्न स्वास्थ्यकर्मी बताउँछन्

Loading...