थप ३८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं –  थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २८१८ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२८४ र एन्टिजेनबाट १५३४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३१ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। थप ५२ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। हाल सक्रिय कोरोना संक्रमितको संख्या ११२२ पुगेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...