कञ्चनपुरमा रहेको बिबि मार्टका २ जना संचालक पक्राउ


कञ्चनपुर, २ जेठ– कञ्चनपुरमा रहेको बिबि मार्टका २ जना संचालक पक्राउ परेका छन् । जिल्ला प्रशासनले आईतवार स्वास्थ्य सुरक्षाको मापडण्ड अपनाई खाद्य वस्तुको लागि पसल तथा व्यावसाय गर्ने भनिएको भए पनि स्वास्थ सुरक्षा मापदण्ड पालना नगराइ मार्ट संचालन गरेको भन्दै प्रहरीले २ जना कर्मचारीलाई पक्राउ गरेको हो ।



मार्टमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना नगरिएको भिडभाड गरि व्यापार व्यावसाय संचालन गरेको र प्रशासनको आदेश विपरित पसल संचालन गरिएको पाईएकाले आईतवार बिहान मार्टका संचालक २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए ।


अहिले दुबैजनालाई पक्राउ गरि सोधपुछ भईरहेको उनले बताए । जिल्ला प्रशासनको आदेश अनुरुप निषेधाज्ञाको उल्लङघन गरिएको फेला पारे संक्रामक रोग ऐन २०२० अनूरुप कार्वाही गरिने उल्लेख छ । संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा उल्लंघन गरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।



