बैतडीमा १ लाख ५० हजार मतदाता

बैतडी- आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा १ लाख ५० हजारभन्दा बढीले मतदान गर्ने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालका अनुसार १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन्। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बैतडीमा १ लाख ४८ हजार ६०६ मतदाता रहेका थिए। त्यसपश्चात गएको असार १ गते शुरु भएको फोटोसहितको मतदाता नामावलीमा अन्य मतदाता थपिएका हुन्।

Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी ३ स्थानमा नामावली संकलन गरिएको थियो।फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्छ।

Navadurga sun
Godawari sandesh

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्छ। सरकारले मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले तयारी थालेको छ।

 

Loading...