


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ ओलानीमा एक युवक मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नं. १२ को ओलानीमा २५ वर्षीया मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ ।



बुधबार बिहान उनी आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक वेशप्रकाश जोशी जानकारी दिए । उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंकामा अनुसन्धान अघि बढाइएको उनले बताए ।


अहिले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।





