

काठमाडौं- कैलालीको धनगढीमा पुगेर अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। नेपाली सेनाको स्काई ट्रक मार्फत उनलाई काठमाडौं ल्याउने तयारी भए पनि केसीले आउन नमानेको धनगढीमा रहेका केसीका सहयोगी डा. अमृत जैसीले बताए ।



डा. जैसीले भने‚ ‘प्रशासनले सरलाई काठमाडौं लाने तयारी गरेको छ तर उहाँले भोलि म आफै जान्छु भनेर जान मान्नु भएको छैन।’ डा. केसीको अनशन शनिबार नवौं दिन पुगेको छ। यदि जबरजस्ती गरिए यसलाई अपहरण मान्ने र त्यसका विरुद्ध पनि लड्ने केसीको चेतावनी छ।


केसीको माग सम्बोधनका लागि तीन दिनदेखि वार्ता जारी छ। हाल उनी सेती प्रादेशिक अस्पतालमा रहेका छन्। उनको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई काठमाडौं ल्याउने तयारी भएको हो।