

धनगढी- बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले गरे । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।



पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबलाई भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई स्तब्ध पार्दै ग्वाल्लेक क्रिकेट क्लबले विजयी शुरुआत गरेको छ । २४ टोलीले सहभागिता रहेको प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए ।


प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगतसहित ट्रफी र प्रमाणपत्र पाउनेछ । उपविजेता टोलीले ५५ हजार ५ सय ५५ नगद र सहित प्रमाण पत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदयीमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो । यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य रहेको छ ।