

अत्तरिया- अनेरास्ववियुको ऐतिहासिक गोदावरी नगर सम्मेलन भोलि (सोमबार) हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोदावरी नगर कमिटी कैलालीको आयोजनामा अत्तरिया रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा उक्त कार्यक्रम हुने भएको हो ।



विद्यार्थीको हक अधिकारका लागि आवाज उठाउने नेता संगठनको रुपमा बि.स २०२२ सालमा स्थापित भएको थियो । शिक्षामा भैरहेको बेथिति रोक्नकालाई, अन्यायमा परेका विद्यार्थीको न्यायका लागि आवाज उठाउने संगठन अनेरास्ववियुले भव्य सम्मेलन गर्न लागेको हो । उक्त सम्मेलनमा गोदावरी नगरपालिका भित्रका +२ र क्याम्पसका करिब ५०० विद्यार्थीको उपस्थित रहने जनाइएको छ ।


उक्त कार्यक्रम बिहान १० बजे देखि हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोदावरी नगरकमिटी अत्तरिया कैलालीले जनाएको छ ।
