अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, औषधि प्रयोग गर्न अस्वीकार

धनगढी- चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

Dadeldhura hospital

तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए । ‘ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको छ । मुटुको चाल पनि घट्दो क्रममा छ,’ जैसीले भने, ‘समान्य स्लाइन पानी चढाए पनि औषधि लिनु मान्नुभएको छैन ।’

Navadurga sun
Godawari sandesh

डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधि लिन मानिरहेका छैनन् । ‘उहाँले तीन करोड नेपाली जनताका लागि उठाएका माग सरकारले सम्बोधन नगरेसम्म औषधि लिन्न भन्नुभएको छ,’ जैसीले भने । केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।

उनका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिए पनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए । डाक्टर केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बसेका छन् ।

 

 

Loading...