चिम पाँचवटा शुल्क सत्ताइस हजार

बैतडी- ग्रामीण परिवेशको सामान्य घरमा रहेका पाँचवटा एलईडी बत्ती बालेको एक महिनाको महसुल बिल २७ हजार रुपियाँ आएपछि बिसनादेवी नाथको सातो उडेको छ। बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीकी बिसनादेवी नाथले अघि–पछि न्यूनतम शुल्क तिर्दै आइरहेकोमा गत मङ्सिरमा एकै महिनाको बिजुलीको बिल २७ हजार १५० रुपियाँ तिर्नुपरेपछि महिनौँदेखि भोक निद्रा लाग्न छाडेको छ।

Dadeldhura hospital

विद्युत् वितरण केन्द्रका कर्मचारीले बिलअनुसारको रकम नतिरे थप जरिवाना र कारबाही हुने भनेपछि गाउँबाट दगुर्दै बिसनादेवीले विद्युत् वितरण केन्द्र बैतडीलाई सत्ताइस हजार १५० रुपियाँ तिर्न बाध्य भएको पीडा सुनाइन् । मिटर जडान गरेदेखि मासिक एक सय रुपियाँका दरले शुल्क तिर्दै आए पनि गत मङ्सिरमा एक्कासि २७ हजार रुपियाँ आएको बिसनादेवीले बताइन् ।

Navadurga sun
Godawari sandesh

मङ्सिरमा २७ हजार रुपियाँको बिल तिरेपछि पुसमा बिजुलीको मिटरमा एक्कासि आफैँ आगलागीसमेत भएको उनले बताइन् । आगलागी भएको जानकारी गराउन विद्युत् वितरण केन्द्र बैतडी पुग्दा मिटर जलेको प्रहरी मुचुल्का चाहिने भनेपछि हप्ता दिनसम्म स्थानीय देहिमाडौँ प्रहरी चौकी र वडा कार्यालय धाएर बल्ल विद्युत्का कर्मचारीले घरमा नयाँ मिटर फेरिदिएको उनले बताइन् ।

‘अहिले त मासिक ३० रुपियाँ आइरहेको छ,’ उनले भन्ने , ‘गएको मङ्सिरमा कसरी २७ हजार रुपियाँ आयो भन्ने विषयमा चित्त नबुझ्दा प्रशासन कार्यालयमा गुनासो राख्न आएकी हुँ।’ मिटरको खराबीका कारण या विद्युत् रिडरको कमजोरीले पाँचवटा चिमको २७ हजार रुपियाँ बिल आएको विषयमा विद्युत् वितरण केन्द्रका कर्मचारी बोल्न तयार छैनन्। कार्यालय प्रमुख बाहिर भएकाले यो विषयमा बोल्न नसक्ने विद्युत् वितरण केन्द्रका कर्मचारीको भनाइ छ।

Loading...