भन्सार छलेर ल्याउँदै गरेको बाइस बोरा चिनी बरामद

धनगढी- भन्सार छलेर भारतबाट ल्याउँदै गरेको २२ बोरा चिनी कैलाली प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटेको प्रहरी टोलीले गए राति धनगढी उपमहानगरपालिका–९ बङ्गरा कटानबाट चिनी बरामद गरेको हो ।

Dadeldhura hospital

बङ्गराकै ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु।प।प्र। ०१–००१ स ४९३१ नम्बरको अटोमा चिनी ल्याइरहेको अवस्थामा फेला पारी उनीसहित चिनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीले सोही अटोबाट तीन पेटी चकलेट पनि बरामद गरेको छ ।

Navadurga sun
Godawari sandesh

बरामद चिनी, चकलेट र अटोसहित पक्राउ परेका अटो चालकलाई आवश्यक कारबाहीका लागि राति नै जिल्ला भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Loading...