एभरेष्ट एकेडेमीद्धारा बाल दिवसको अवसरमा वक्तृत्व प्रतियोगिता सम्पन्न

अत्तरिया– ५८औं बाल दिवसको अवसरमा एभरेष्ट एकेडेमी अत्तरियाले “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायि सरकार” भन्ने नाराका साथ वक्तृत्व प्रतियोगिता सम्पन्न गरेको छ ।

Ganyapdhura gau

कार्यक्रममा गोदावरी नगरपालिका कैलाली र गोदावरी प्यावसनको पनि सहकार्यता रहेको थियो । वक्तृत्व प्रतियोगितामा गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, तथा कृष्णपुर नगरपालिकाका १३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Navadurga sun
Dadhaldhura pur

सहभागि विद्यालयहरुमा धनगढीबाट बाल्मिकी इन्टरनेशनल स्कुल, ग्ली एकेडेमी, क्रिष्टल एकेडेमी, स्टेपिङ्ग स्टोन स्कुल, एक्सिस विद्याश्रम, गोदावरी नगरपालिकाबाट एभरेष्ट एकेडेमी, खप्तड विद्या निकेतन,सैनिक आवसीय महाविद्यालय, जनकल्याण सेकेण्डरी स्कुल, होलिल्याण्ड सेकेण्डरी स्कुल, लोटस आइ सेकेण्डरी स्कुल, जेके सेकेण्डरी स्कुल तथा कृष्णपुर नगरपालिकाबाट ज्योति ईङ्गलिश बोर्डिङ्ग स्कुल सहभागी भएका थिए ।

प्रतियोगितामा खप्तड विद्या निकेतन मालाखेतीकी आरती कु‘‘वर प्रथम, एभरेष्ट एकेडेमी अत्तरियाकी प्रेन्सी भट्ट, बाल्मिकी इन्टरनेशनल स्कुल धनगढीकी सान्भी पाण्डे तृतीय स्थान प्राप्त गरेका थिए भने दर्शकहरुको ध्यानकर्षण गर्ने विधामा एक्सिस विद्याश्रमका अनन्त कर्णले स्थान सुरक्षित गरे । उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, विशिष्ट अतिथिहरुमा प्याब्सन केन्द्रीय उपाध्याक्ष जगबीर थापा, सैनिक आवसीय महाविद्यालयका निवर्तमान प्रिन्सिपल अशोक राज खाती, अतिथिहरुमा जनकल्याण सेकेण्डरी स्कुलका प्रिन्सिपल योगेन्द्र हमाल रहेका थिए । कार्यक्रमको सभापतित्व एभरेष्ट बाल क्लबका उपाध्यक्ष स्लोक गुप्ताले गरेका थिए । कार्यक्रम सञ्चालन गर्नेहरुमा आशिका पण्डित, रिया जोशी, पुर्णिमा भट्टराई तथा प्रशंसा भट्ट रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...