बालिका बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

गोरखा- रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको एसपी केदार खनालले जानकारी दिए।

Dadeldhura hospital

रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास)की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार अपरान्ह साँढे पाँच बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको आरोपमा घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई प्रहरी चौकीमा जिम्मा लगाएका थिए।

Navadurga sun
Godawari sandesh

प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर गुहार लगाई गाउँलेलाई जम्मा गरेकी र गाउँलेले घेरा हालेर प्रहरीको जिम्मा लगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। पीडित बालिकाका अनुसार रानाको मुखमा रक्सी गन्हाईरहेको थियो।

गएराती जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अहिले जाहेरी दिने तयारी भइरहेको पीडितका दाजुले जानकारी दिएका छन्। विगत १७ वर्षदेखि नेपाली सेनामा कार्यरत राना अहिले बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलमा कार्यरत छन्।

Loading...