


अत्तरिया- कैलाली निर्वाचन क्षेत्र नं. ४ प्रदेश निर्वाचन सभा (ख) को प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फबाट नेपाली काँग्रेसका पुराना नेता टीकादत्त जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।


२०१२ साल चैत्र २७ गते डोटी जिल्लाको हाल शिखर नगरपालिका वडा नं.४ मुडभरामा बुवा अनिरुद्र जोशी आमा शारदा देवी जोशीका दोश्रो सन्तानको रुपमा जन्मनु भएका टीकादत्त जोशी २०३५ साल देखि गोदावरी नगरपालिका वडा नं.४ बसनतपुरमा स्थायी बसोवास गर्दै आउनु भएको छ ।


२०३१/२०३२ साल तिर भारतको मुम्बईमा अध्ययनरत हुदा उहाँ भारतमा रहेको काँग्रेस कै भातृसंस्था नेपाली छात्र संघ र नेपाली जनसम्पर्क समिति मुम्बईकोसदस्यको रुपमापनिकाम गरी सक्नु भएको छ । २०३६ सालको जनमत संग्रह देखी कैलालीमा वहाँ नेपाली काँग्रेसको राजनितीमा सक्रिय रहदै आउनु भएको छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भै विभिन्न दातृ निकायहरु सँग पनी साझेदारी गरी अनुभव प्राप्त हुनुहुन्छ ।

हाल उहाँ ४५०० बढी उपभोक्ता भएको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई संस्थाको दोश्रो कार्यकालको अध्यक्ष, अत्तरिया सामुदायिक सिकाई केन्द्रको अध्यक्ष, नेपाल किसान संघ जिल्ला शाखाको सभापती पनि हुनुहुन्छ ।
नेपाल रेडक्रस सोसाईटी, नेपाल बाल संगठन कैलाली, नेपाल भारत मैतृ संघ अत्तरिया, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, प्रतिभा सामुदायिक पुस्तकालय, गोदावरी कुम्भ मेला व्यवस्थापनसमितिका आजीवन सदस्य, गोदावरी विकास धाम समिति सदस्यका साथै लोकतन्त्रीक पक्षधरहरुकोप्राकृतिक स्रोत व्यवस्थापनमा राष्ट्रिय स्तरको संस्था वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपालको महासचिव समेत हुनुहुन्छ ।
त्यसैले ठूलो जनाधार भएका सादगी जिवन जिउने समाजवादी पच्छेधरका रुपमा पहिचान बनाउनु भएका नेपाली काँग्रेसका नेता टीकादत्त जोशी यस क्षेत्रमा सबैले मायागर्ने सबैले रुचाएका नेताको रुपमा हुनुहुन्छ । नेपाली काँग्रेसले टीकट दिएमा वाहाले सजिलै चुनाव जित्ने देखिन्छ ।
बिगत २०७४ सालमा पनि टिकट पाउने लगभग निश्चित भै सकेको कुरा बाहिर आएको थियो । पछि के भएर टीकट भएन त्यती बेलै टीकट पाएको भए उहाँ नेपाली काँग्रेसको तर्पmबाट यस ४ नं. निर्वाचन क्षेत्र प्रदेश सभा (ख) मा सजिलै चुनाव जित्न सक्नु हुने थियो । आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनका लागि तपारी गरी रहनु भएका टीकादत्त जोशीको यस क्षेत्रमा बलीयो पकट रहेको देखिन्छ ।





