सम्बन्धविच्छेदका घटना बढ्दै

डोटी- डोटी जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्। डोटी जिल्ला अदालतबाट उपलब्ध तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिना नपुग्दै सम्बन्धविच्छेदका सात मुद्दा दर्ता भइसकेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्धबिच्छेदका लागि २५ वटा निवेदन दर्ता भएकोमा ०७७/०७८ मा १६ र ०७६/०७७ मा १३ वटा सम्बन्धविच्छेदका निवेदन दर्ता भएका थिए।

सम्बन्धविच्छेद गराउनेमा २० देखि ३५ वर्ष उमेर समूहका दम्पती बढी देखिएका छन्। पछिल्लो समयमा मोबाइल फोनले पनि सम्बन्धविच्छेदलाई बढावा दिएको अनुभव सुनाउँदै कानुन व्यवसायी नवराज भट्टले भने, “कहिलेकाहीँ गल्तीले पनि अन्जान व्यक्तिको फोन आउन सक्छ। सोही कुरालाई लिएर श्रीमान्श्रीमतीबीच विवाद सुरु हुन्छ। सामाजिक सञ्जालमा कुनै केटाले साथी बन्नका लागि अनुरोध पठाएकै कारण पनि सम्बन्धविच्छेदको अवस्था आएको मैले देखेको छु।”

Navadurga sun

सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा पनि वृद्धि भइरहेको भए पनि सङ्ख्यात्मक रूपमा हेर्दा सम्बन्धविच्छेद गराउनेमा महिला नै बढी छन्। चालू आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका सात निवेदन पत्रमध्ये तीन पुरुषले दर्ता गरेका छन् भने चार महिलाले दर्ता गराएका छन्।

उमेर नपुग्दै गरिने भागी विवाह, मदिरा, वैदेशिक रोजगारीलगायतका कारणले पनि सम्बन्धविच्छेदका घटना बढ्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी बताए । उनले भने , “श्रीमान्ले मदिरा सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्दा श्रीमतीले सधैँ हिंसा सहनुभन्दा छुट्टिएर बस्नु उपयुक्त ठान्छिन्। विवाह के हो, परिवार के हो भन्ने विषयमा बुझेकै हुँदैनन्, सानै उमेरमा बिहे हुन्छ, जान्ने भइसकेपछि कुरा मिल्दैन, छुट्टिन खोज्छन्।”

ADD Khali jpg
ADD Khali jpg
Loading...