गोदावरी १० मा निर्माण सम्पन्न चाक्लेखोला पुलको उद्घाटन

१ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा निर्माण सम्पन्न चाक्लेखोला पुलको उद्घाटन गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले एक कार्यक्रमका बिच बिहीबारचाक्लेखोला पुलको उद्घाटन गर्नु भएको हो ।

Dadeldhura hospital

पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उद्घाटन गरिएको पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जयरोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो ।
कुल २६ दशमलव १ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ ।

सो कार्यक्रममा गोदावरी नगरपालिका-१० का वडाध्यक्ष गुड्डु शाही, १२ का वडाध्यक्ष भीम खड्का, वडा नंं ११ का पुर्ब वडाध्यक्ष शिव विक लगायतको सहभागिता रहेको थियो ।

Loading...