यौनदुर्व्यवहारको आरोपमा गैसस अध्यक्ष ढकाल पक्राउ

Dadeldhura hospital

विराटनगर- गैर सरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई अप्राकृतिक यौनदुर्व्यवहारको आरोपमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ बाट ५५ वर्षीय ढकाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । १३ वर्षीय बालकलाई अप्राकृतिक यौनदुर्व्यवहार गरेको आरोप ढकालमाथि लागेको छ ।

‘बालकलाई यौन दुव्यवहार गरेको आरोपमा ढकालविरुद्ध किटानी जाहेरी परेको छ । सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,’ डीएसपी श्रेष्ठले भने, ‘बालकलाई धम्की दिएर पटकपटक दुर्व्यवहार गरेको आरोप छ । यस विषयमा थप बुझ्ने काम भइरहेको छ ।’ ढकाल शिक्षा क्षेत्रमा क्रियाशील एजुकेशन हेल्पलाइनका अध्यक्ष पनि हुन् ।

Navadurga sun
Godawari sandesh
Loading...