नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ मा ओझालाई संयोजकको जिम्मेवारी

धनगढी- नेकपा एमालेले कैलालीमा आगामी संघ र प्रदेशको निर्बाचनलाई लक्षित गरेर नेताहरुको जिम्मेवारी तोकेको छ । आइतबार बसेको सचिबालयको बैठकले ५ वटै निर्बाचन क्षेत्र र १० वटा प्रदेश निर्बाचन क्षेत्रमा नेताहरुलाई जिम्मेवारी दिएको हो।

जस अनुसार निर्बाचन क्षेत्र नम्बर १ मा श्याम खत्रीलाई संयोजक तोकेको छ । निर्बाचन क्षेत्र नम्बर २ मा दल बहादुर बिष्ट, क्षेत्र नम्बर ३ मा चक्र बिष्ट , क्षेत्र नम्बर ४ मा हितेश ओझा र निर्बाचन क्षेत्र नम्बर ५ मा वीर बहादुर साउँदलाई संयोजक बनाइएको छ।

Navadurga sun

त्यस्तै क्षेत्र नम्बर ४ मा सह सयोजक उत्तम सापकोटा र सचिब रत्ना कुँवरलाई जिम्मेवारी दिएको छ । क्षेत्र नम्बर ४ कै प्रदेश क को संयोजक केदार प्रसाद ओझालाई तोकेको छ भने प्रदेश ख को संयोजक टेक बहादुर बुढालाई बनाइएको छ ।

ADD Khali jpg
Loading...