पत्रकारमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

डोटी- डोटीमा पत्रकारमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ परेका छन् । समाचारको विषयलाई लिएर फोनबाट पत्रकारलाई गालिगलौज गर्ने आदर्श गाउँपालिका वडा नं. ५ का धर्म रोकायालाई शनिबार जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको हो ।

Dadeldhura hospital

रोकायाले शिखर समाचार डटकमले काठ बरामद सम्बन्धी दुई वर्षअघि प्रकाशन गरेको समाचारको विषयलाई लिएर सो अनलाइनका सम्पादक पवन महरालाई शुक्रबार राती फोन गरेर गालिगलौज गर्नुका साथै अमर्यादित शब्द प्रयोग गरेका थिए । रोकायाले त्यस अघि पनि पटक-पटक अपरिचित नम्बरबाट फोन गरेर धम्क्याउने गरेका थिए ।

Navadurga sun
Godawari sandesh

पत्रकार महासंघले त्यस विषयमा आपत्ति जनाएपछि आरोपित रोकायालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार महासंघ डोटी शाखा र नेपाल प्रेस युनियन डोटी शाखाले विज्ञप्ति जारी गरेको छ ।

Loading...