डडेल्धुरा र डोटीमा लाइसेन्स ट्रायल सुरु, जनतालाई नजिकबाट सेवादिन प्रदेशसरकार कटिबद्ध छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा– डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल सुरु भएको छ। शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेल्धुरा र डोटीमा प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका हुन् । शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका मुख्यमन्त्री भट्टले दिउँसो डडेल्धुरामा ट्रायल उद्धाटन गरेका हुन् ।

Ganyapdhura gau

उद्धाटन कार्यक्रममा उनले लाइसेन्स प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको र सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए । उनले नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाटै नागरिकले ज्यान गुमाइरहेको पनि बताए । उनले पहाडी जिल्लाका सडकमा दुर्घटनाको जोखिम बढी रहेको हुँदा सवारी साधान विस्तारै र ट्राफिक नियमको पलना गरेर हाँक्न उनले सबैलाई आग्रहसमेत गरेका छन् । संघीयताको मर्मअनुसार जनतालाई नजिकबाट सर्वसुलभ सेवा दिलाउन प्रदेश सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘प्रदेश सरकार गठन हुनुभन्दा पहिले सुदूरपश्चिमका जिल्ला सदरमुकाम जोड्ने सडक मात्रै कालोपत्रे थियो,’ मुख्यमन्त्री भट्टले भने, ‘अहिले चार वर्षमा ७ सय किलोमिटर भित्री सडक कालोपत्रे भएको छ ।’ प्रदेश सरकार आएपछि थुप्रै सेवा विस्तार भएर नागरिकलाई सहज हुँदै गएको उल्लेख गर्दै उनले सोही क्रममा डोटी र डडेल्धुराबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको बताए । डडेल्धुरामा ट्रायल सेन्टर सरकारी जमिनमा बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि जग्गाको खोज्नमा ध्यान दिन प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखलाई आग्रह गरे । उनले पहाडी जिल्लाबाट लाइसेन्स लिन कैलाली, कञ्चनपुरमा जाँदा हजारौं खर्च हुने बाध्यता अब हटेको बताए ।

साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले शनिबार ट्रायल उद्धाटन गरे । यातायात व्यवस्था कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायले पहिलो दिन ट्रायल दिएका सबै जना प्रयोगात्मक परीक्षामा उत्तीणर् भएको बताए । उनका अनुसार पहिलोपटक ए, के र बी वर्ग अर्थात् मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सुरु गरिएको हो ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटी नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो । त्यसअघि ०७२ साल असार ३ गते सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीका लागि तत्कालीन अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा र डोटी स्थापना भएको थियो । उक्त कार्यालयहरुले डडेल्धुरा र डोटीभन्दा अगाडि रुट दिने गरी पट्के काम गर्दै आएका थिए ।

Couple
Loading...