बैतडी कारागारका १६ जना कैदीमा कोरोना संक्रमण

बैतडी- जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पीसीआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

कारागार प्रमुख भण्डारीले भने, ‘कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पीसीआर परीक्षण गरेका थियौँ । उनीहरूमा सङ्क्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा सङ्क्रमण देखापरेको छ ।’ सङ्क्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ ।

Navadurga sun
Godawari sandesh

क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेशनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भने, ‘२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।’ कारागारभित्र कोरोना सङ्क्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । सङ्क्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । २०४० सालमा निर्माण भएको कारागार मर्मत र पुनःनिर्माण नहुँदा जीर्ण बनेको छ ।

Couple
Loading...