तीज भड्किलो बनाए कैलाली प्रशासनले कारबाही गर्ने

धनगढी- हिन्दु नारीहरूको मुख्य चाडको रुपमा मानिने हरितालिका तीजलाई भड्किलो बनाए कानुनी कारबाही गर्ने कैलाली प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै तीजका नाममा होटेल र पार्टी प्यालेसमा भड्किलो र फजुल खर्चका कार्यक्रमहरू नगर्न आग्रह गरेको हो । तीजको समयमा गहना प्रदर्शन गर्ने र होटेल तथा पार्टी प्यालेसमा भड्किलो कार्यक्रम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यसो गरिएको हो ।

Dadeldhura hospital

धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गर्ने गरेको उल्लेख गर्दै प्रशासनले खर्चिलो तथा महँगा तिजका कार्यक्रम नगर्न आग्रह गरेको हो।  यदि उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ कार्यक्रम गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

 

Navadurga sun
Godawari sandesh

Loading...