

अत्तरिया- कैलालीको चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले जनताले रुचाएको इमानदार नेतालाई टिकट दिनुपर्ने बताएका छन् । सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष बोगटीले मंसिर ४ गतेका लागी तोकिएको संघ र प्रदेशको निर्वाचनमा पहुँच र पैसाको बलमा नभई पार्टीले सही उम्मेदवारलाई टिकट दिनु पर्ने बताएका हुन् ।


राजनीतिक दल चुनावी नारामा मात्र सीमित हुन्छन् । जिती सके पछि देश, जनता बिर्सने चलन छ ५०/६० वर्ष भयो संसारमा स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै समाजवादतिर उन्मुख भइसके नेपालमा भागबन्डा, भ्रष्टाचार आफन्तको व्यवस्थापन गर्न ठिक्क हुन्छ,’ उनले फेसबुक स्ट्याटसमा लेखेका छन् ।



पार्टीले सही उम्मेदवार नछान्दा र जनताले बिकासप्रेमी उम्मेदवार नचिन्दा जनभावना अनुसारको काम नभएको उनको भनाइ रहेको छ । नेताहरू जनताले हामीलाई जे गर्न पनि छुट छ भन्ने सोच्छन् । जनताले पनि आफ्नो अमूल्य भोटको दुरुपयोग गर्छन्, रक्सी खाएर पैसालिएर भोट बिक्री गर्ने गरेको आफ्नो फेसबुक स्ट्याटमा लेखेका छन् ।
निर्वाचनको जग नै कमजोर भएपछि र सरकारमा चोर भ्रष्टाचारी, नातावाद कृपावाद, राष्ट्रघाती गरिबमारा पुग्ने गरेकाले देश बिकास हुन नसकिरहेको उनको भनाइ छ ।
‘यसरी कहाँबाट राम्रो सरकार बन्छ ? कहाँबाट देश बन्छ ? कहाँबाट जनताले मुक्ति पाउँछन् ? वारिमा मकै रोपे मकै हुन्छ धान रोपे धानै फल्छ। त्यस्तै हामीले नराम्रो मान्छे नराम्रो पार्टी जिताए भने राम्रो कल्पना गर्नु हामी जनताको पनि त्यतिकै दोष छ । पार्टीले टिकट दिँदा पनि पैसाको बलमा होइन नेताको पहुँचको होइन ।
जनताले रुचाएको व्यक्तिलाई इमानदार नेतालाई टिकट दिनु पर्छ । जनताले सही मूल्याङ्कन गरी सही पार्टीको सही उम्मेदवारलाई चुनावमा विजय गराउनु पर्छ । नत्र भने ‘बेल पाक्यो कागलाई हर्ष न विषम’ भने जस्तो हुने उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

