नागरिकता बिधेयक रोकेर फेरी संसदमा पठाएकोमा राष्ट्रपतिलाई धन्यबाद : एमाले सचिव भट्ट

धनगढी– नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नागरिकता बिधेयक रोकेकोमा धन्यवाद दिएका छन् । एमालेले बिगतबाटै राखेको ७ बर्ष अनिवार्य पुगेपछि मात्रै नागरिकता दिनुपर्ने अडान आम नेपालीका हितमा रहेपनि गठबन्धन सरकारले भारतिय चेलीले नेपालमा बिहे गरे लगत्तै नागरिकता पाउने गरी ल्याएको नागरिकता बिधेयकलाई फेरी संसदमा पठाएको भन्दै भट्टले राष्ट्रपतिलाई धन्यबाद दिएका हुन् ।

Dadeldhura hospital

यो एमालेको मात्रै एजेण्डा थिएन धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै भट्टले भने, ‘आम बुद्धिजिबि देशप्रेमी नागरिकको आवाजलाई गठबन्धन सरकारले बेवास्ता गर्दै बिदेशीको इसारामा नागरिकता बिधेयक ल्याएको थियो देशको अबिभावक राष्टपतिबाट यो बिधेयक संसदमै पठाइयो हाम्रा लागी खुशीको कुरा हो ।’ कुन देशमा बिहे गरेकै भोलीपल्ट नागरिकता पाउने कानुन छ गठबन्धन सरकारले देखाउनुपर्ने भन्दै उनले चेतावनी दिए ।

Navadurga sun
Godawari sandesh

सचीव भट्टले अहिले देशमा राजनिति दुई धारमा भइरहेको बताए । एकातर्फ गठबन्धनको नेतृत्व गर्ने शेर बहादूर देउवा अर्को एमाले मात्र छ अहिले, यो सबैले बुझ्नुपर्ने छ एमाले नेत्रृत्वको सरकारका काम र अहिलेको सरकारका काम उनले भने ‘उद्योगधन्दा, कलकारखाना स्थापना देखी स्वास्थ्य चौकी, बाटो घाटो, पुल पुलेसा कसको पालामा बने कसको पालामा सब बिकासका लागी बजेट आयो कसको पालामा काटियो जनताले प्रस्ट बुझेका छन्, र मुल्याकंन गर्ने बेला आएको छ ।’

भट्टले एमाले सरकारकोन पालामा सुदुरपश्चिम मा ठुल ठुला बिकास परियोजना को शुरुआत भएको भए पनि त्यसको बारेमा मिडिया मा खासै चर्चा नभएको गुनासो गरे । कसका पालामा गेटा मेडिकल कलेज अगाडी बढ्यो, धनगढी अत्तरिया औधोगिक करिडोर, हरैया औधोगिक क्षेत्र, दोधरा चाँदनी सुख्खा बन्दरगाह मेरै पालामा बने तर त्यसको चर्चा हुँदैन उनले भने ‘अहिलेको सरकारले ति निरन्तरता दिनुपर्ने योजनामा बजेट समेत हाल्न सकेको छैन अनी यस्तो जनबिरोधी सरकार चाहिनेकी एमाले जस्तो जनउत्तरदायी सरकार ।’ भट्टले आगामी संघ र प्रदेश को निर्बाचनमा एमाले पार्टी भित्र को आन्तरिक सन्तुलन मिले पार्टी ले बहुमत सिट जित्ने दाबी समेत गरेका छन् ।

Loading...