सुदूरपश्चिममा मध्यम खालको वर्षा

काठमाण्डौ- अहिले काठमाण्डौ उपत्यकाको मौसम घमाइलो भएको छ । बिहानैदेखि मौसम खुलेर घमाइलो भएको हो । काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको छ ।

Dadeldhura hospital

कर्णाली र सुदूरपश्चिम प्रदेशका भने धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ । भरे राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

Navadurga sun
Godawari sandesh

आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अधिकारीले बताए ।मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना नरहेको हो।

Loading...